भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।

त्यसैगरी, बाढीपछि नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०मा १५८ शव फेलापरेका छन् । फेलापरेका शवमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । त्यहाँ ६४ शरीरका अङ्गसमेत फेलापरेका छन् । शव र शरीरका अङ्ग गरी फेलापरेको कुल सङ्ख्या २२२ पुगेको छ ।

फेलापरेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेलापरेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १० : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु