कुटपिट गरेको आरोपमा कलाकार पल शाहविरुद्ध उजुरी « Khabarhub

कुटपिट गरेको आरोपमा कलाकार पल शाहविरुद्ध उजुरी


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कलाकार पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

उनीविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको प्रधानको आरोप छ ।

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको प्रधानले बताएका छन् ।

उनका अनुसार धरानको एक होटलमा खाना खाने बेलामा विवाद उत्पन्न भएको थियो । पललाई एक कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो तर उनी जान नमानेपछि त्यहीँ विवाद सिर्जना भएको थियो ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १९ बजे

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

अदिस अबाबा – इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा