भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा मनोज विश्वकर्मा प्रथम « Khabarhub

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा मनोज विश्वकर्मा प्रथम


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम भएका छन् ।

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा पुरस्कार राशी एक हजार अमेरिकी डलरसहित सम्मानपत्र रहेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जानकारी दिए ।

प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट २५ कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइएको थियो ।

सो प्रतियोगिताको लागि डा. रामप्रसाद ज्ञवाली, स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो ।

उत्कृष्ट २५ कविमा मनोज विश्वकर्मा, जितेन्द्र बस्नेत, संगीता पोखरेल, पिटर कुवर, प्रकाश आचार्य, जीवन आरोही, सानु खनाल, दिलीप कुवर, जनक रसिक, दीप पाण्डे, प्रज्वल अधिकारी, निरज दहाल, टीएन भट्ट “विश्वामित्र”, रमा अधिकारी कादम्बरी, सुरज पराजुली, सुष्मा तिमल्सिना, सन्तोष लामिछाने, दिपेन्द्र अरुण, केशवराज ज्ञवाली, मोहित जोशी, सोमनाथ दहाल, नवराज अधिकारी, नारायण अधिकारी, सुवास शर्मा र भीष्मप्रसाद भट्टराई छन् ।

काठमाडौँमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट २५ कविताको पुस्तक प्रकाशन पनि गरिने छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ३९ बजे

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप