नेपाल भाषाका शिक्षकलाई चैत १५ भित्र विद्यालय पठाउने महानगरको तयारी « Khabarhub

नेपाल भाषाका शिक्षकलाई चैत १५ भित्र विद्यालय पठाउने महानगरको तयारी

१७२ शिक्षकका लागि ५१६ को आवेदन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन गत माघ २८ मा १७२ शिक्षकको माग गरेकोमा ५१६ जनाको दरखास्त परेको काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

दरखास्त दिएकालाई आगामी १६ गतेदेखि १९ गतेसम्म प्रवेश वितरण गर्ने र फागुण २१ गतेबाट प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विभागका अधिकृत मोतिराज खनालले बताए ।

उनले भने, ‘प्रयोगात्मक परीक्षापछि अन्तरवार्ता गरेर आगामी १५ चैत भित्र शिक्षकहरुलाई विद्यालय पठाउने गरी तयारी भइरहेको छ ।’

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेर यही शैक्षिक सत्रबाट लागु गर्नुपर्ने हुन्छ ।

स्थानीय पाठ्यक्रममा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रम अनुसार नेपाल भाषामा पाठ्युस्तक तयार पारेको छ ।

महानगरपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक राखिएको छ ।

कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ ।

यी सबै विद्यालयमा गत मंसिरमा स्थानीय पाठ्यक्रमको पढाइ शुरू हुनुपर्ने भए पनि विषयगत शिक्षक अभावका कारण कक्षा सञ्चालनमा हुन सकेको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ३३ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी