मानव बेचविखन र ओसारपसार विरुद्धको नगरस्तरीय कार्यविधि बनाउँदै काठमाडौँ « Khabarhub

मानव बेचविखन र ओसारपसार विरुद्धको नगरस्तरीय कार्यविधि बनाउँदै काठमाडौँ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी क्षेत्रबाट हुने मानव बेचविखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले नगरस्तरीय कार्यविधि तयार गरिरहेको छ ।

सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन र २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । यी दस्तावेजको व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको हो ।

यस क्रममा आज महानगरको सभा कक्षमा छलफल सम्पन्न भएको छ । छलफलमा बोल्दै महानगरकी डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले, मानव बेचविखनको स्वरुप परिवर्तन भएको बताउँदै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानको बाटो खोज्नुपर्ने बताइन् ।

त्यस क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, सूचना सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने देखिएको बताए ।

समाजमा देखिएका समस्याको केलाएर ती समस्या समाधान गर्न आवश्यक पर्ने नीतिगत प्रवन्ध अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत बेचविखन नियमन तथा नियन्त्रण गर्ने तयारी रहेको सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीको भनाइ छ ।

मावन बेचविखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको छ । छलफलमा सहभागी शान्ति फाउन्डेसनकी जिल्ला परियोजना अधिकृत शान्ता ढकाल भन्छन्, ‘खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा सहरका जोखिमपूर्ण क्षेत्र हुन् । पहिले यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुनेमा अहिले श्रमका नाममा आन्तरिक रुपमा ओसार पसार र श्रम शोषण हुने गरेको छ । यौन शोषणजस्तै श्रम शोषणलाई पनि अहिले यसैं ऐनअन्तर्गत नियमन गर्न सक्ने प्रावधान राखिएका छन् ।’

बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ्यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको