लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन « Khabarhub

लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन कक्षा सञ्चालन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको हो ।
मावि धर्नामा १२ जनालाई भाषा सिकाउन कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गर्नेछन् । यस्तै सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्नेछन् ।

सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए ।

उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन् । सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने जनाए ।

आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा. लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए ।

कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताए । कुसुन्डा भाषाको जानकार कमला कुसुन्डा सेनले यहाँ कुसुन्डा भाषा जानेको जीवित व्यक्ति आफूमात्र भएको र आफ्नो भाषाको संरक्षणमा लागेको बताए ।

“भाषा अरुलाई सिकाइएन भने आफूसँगै मर्छ, त्यसैले भाषा आयोगले कुसुन्डा भाषा सिकाउने अवसर दिएकोमा धेरै खुशी लागेको छ” उनले भने ।

सो अवसरमा नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा, मावि धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र संवर्द्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो । २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुन्डाहरुको जनसंख्या २१३ उल्लेख छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : ३१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको