चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य « Khabarhub

चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डीसी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को चीनमा कोभिड–१९ बारे पछिल्लो निष्कर्षलाई अमेरिकाले अस्वीकार गरेको छ ।

चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को संक्रमण नफैलिएको भन्ने डब्लुएचको निष्कर्ष अमेरिकाले अस्वीकार गरेको हो।

डब्लुएचको पछिल्लो निष्कर्ष अस्वीकार गर्दै अमेरिकाले चीनमा कोभिड–१९ स्थितिबारे आफ्नै संयन्त्रमा स्वतन्त्र अनुसन्धान गर्ने बताएको छ ।

चीनमा कोभिड–१९ बारे रिपोर्ट तथा तथ्यांकहरुको गहिरो अध्ययन र विश्लेषण गरि निष्कर्षमा पुग्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।

चीनले विश्वलाई कोभिड–१९ बारे कुनै पनि विश्वसनीय र पारदर्शी सूचना उपलब्ध नगराएको प्रवक्ता प्राइसले बताए। डब्लुएच्ओका विज्ञ पेटर डेस्जकले भने अमेरिकी टिप्पणीमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

चीनमा अनुसन्धानको क्रममा प्रयोगशालाहरुबाट भाइरस चुहावट हुने सम्भावना नभेटेको डब्लुएच्ओले बताएको छ । साथै चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को संक्रमण प्रमाणित नभएको बताएको छ।

यसअघि देखि डब्लुएच्ओले चीनमा निष्पक्ष अनुसन्धान नगरेको भन्दै अमेरिकाले आलोचना गर्दै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती