प्रहरी कार्यालयको भवनका लागि जग्गा दान गर्ने पिया दम्पती सम्मानित « Khabarhub

प्रहरी कार्यालयको भवनका लागि जग्गा दान गर्ने पिया दम्पती सम्मानित


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भानुमुकाम डुम्रेस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गादान गर्ने बन्दीपुर–४ निवासी एक दम्पतीलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जग्गादाता स्थानीय ध्रुवलाल श्रेष्ठ पिया र विष्णुदेवी पियालाई सम्मान गरिएको हो ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरीक्षक अरुण पौडेलले सम्मान गरे । पिया दम्पतीले विसं ०५७ असार १९ गते सात आना जग्गा (करीब रु ७० लाख बराबर)को दान गरेका थिए ।

नेता पौडेलप्रतिलाई हिसारतमा लिइएकोबारे प्रश्न

सुनुवाइका क्रममा गत मङ्सिर १६ गते नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुल्दीखोला पुलको उद्घाटनको विषयलाई लिएर प्रहरी प्रशासनले केही समय हिरासतमा लिएको विषयमा प्रश्न उठाइएको थियो ।
बन्दीपुर क्याम्पसका पूर्वप्रमुख ध्रुवलाल प्रधान र कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले वरिष्ठ नेता पौडेलमाथि दुव्र्यहार भएको गुनासो पोख्नुभएको थियो ।

जिज्ञाशा मेटाउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले वरिष्ठ नेता पौडेलको सुरक्षा र सम्मानका लागि प्रहरी प्रशासनले उक्त कदम चाल्नुपरेको बताए ।

नेता पौडेलले बुल्दीखोलापुलको उद्घाटन गर्ने कार्यक्रम रहेकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले विरोध गरेपछि दुईपक्षीय विवाद हुँदा प्रहरी प्रशासनले हस्तक्षेप गरेको थियो ।

कार्यक्रममा डुम्रेस्थित हरिहर महिला समूहकी अध्यक्ष सरीता पियाले महिलाले महिलामाथि गरिने हिंसा समाजमा फैलिँदै गएकोले आमा समूह, महिला समूह र टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।

यातयात व्यवसायी जीवन कायस्थले निजी सवारी साधनले सार्वजानिक यात्रु बोकिदिँदा ट्याक्सी व्यवसायी मर्कामा परेको हुँदा यसतर्फ चासो देखाउन आग्रह गरे ।

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति नेक महम्मदमियाले विशिष्ट व्यक्ति आउँदा ट्राफिक व्यवस्थापन चुस्त हुनेतर्फ सम्बन्धित निकायाले ध्यान दिनुपर्ने बताए ।

डुम्रेका सुन व्यवसायी हिरालाल विश्वकर्माले चोरीका सुन किन्दा अन्जानमा व्यवसायी फस्ने र दोहोर भागिदार बन्नुपरेको गुनासो पोखे । दर्ता नगरी अवैधरुपमा उद्योग, व्यवसाय सञ्चालन गरेकाको अनुगमन गरी कानूनी दायरमा ल्याउन फर्निचर व्यवसायी रीता तिवारीले जोड दिएकी थिइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : १२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले