चाणक्यको एक प्रेरक प्रसङ्ग ‘सुधार’ « Khabarhub

चाणक्यको एक प्रेरक प्रसङ्ग ‘सुधार’


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चाणक्य जङ्गलको बीचमा बनेको झुपडीमा बस्थे । मानिसहरु त्यहीँ उनलाई भेट्न जान्थे । आफ्ना समस्या अवगत गराउँथे ।

एक दिन नागरिकको एउटा प्रतिनिधि मण्डल उनलाई भेट्न गयो । सबैजना झुपडीसम्म नाङ्गो खुट्टा पुगेका थिए । मानिसहरुको खुट्टामा काँडा बिझेर रगताम्य भएको थियो ।

एकजनाले चाणक्यसँग भने— ‘तपाईंसम्म आइपुग्न हामीलाई धेरै कष्ट भयो । पूरै बाटो काँढैकाँढाले भरिएको रहेछ । तपाईंले राजालाई भनेर यस कष्टकारी जमिनलाई छालाले ढाक्ने व्यवस्था गर्नुहोस् । यसो भएमा नागरिकले खुट्टामा काँढा बिझ्ने पीडाबाट छुट्कारा पाउने छन् ।’

चाणक्यले मुस्कुराउँदै भने— ‘यस जमिनलाई छालाले ढाक्न त असम्भव छ, तर तिमीहरुले खुट्टामा छालाका जुत्ता लगाउन शुरु गर्छौ भने पथरिलो जमिन र काँढाको प्रकोपबाट मुक्ति पाउनेछौ ।’

नागरिकले चाणक्यको भाव बुझे— ‘हामी पूरै दुनियाँलाई सुधार्न सक्दैनौँ, आफूलाई सुधार्ने बाटो भने अवश्य छान्न सक्छौ ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ४० बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया