डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने « Khabarhub

डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन(एएफपी)- डेनमार्कमा कोरोनाभाइरसविरुद्ध लगाईंदै आएको अस्ट्राजेनिका खोप अझै तीन हप्ता नलगाइने भएको छ ।

रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो । स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ ।

खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो ।

डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन् ।

खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठे पनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन् ।

डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलनमा भने, “हामीले आगमी तीन हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ ।”

आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको पनि उनले स्पष्ट पारे ।

झण्डै ५८ लाख जनसङ्ख्या रहेको मुलुक डेनमार्कमा अहिलेसम्म दुई लाख २७ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : १५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित