पाकिस्तानी बेण्ड ‘स्ट्रिङ्स’को अन्त्य घोषणा « Khabarhub

पाकिस्तानी बेण्ड ‘स्ट्रिङ्स’को अन्त्य घोषणा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानमा स्थापना भएका धेरै सांगीतिक बेण्डलाई विश्वभरका श्रोता र दर्शकले मनपराएका छन् । यिनै बेण्डमध्येको एक चर्चित बेण्ड ‘स्ट्रिङ्स’का दुई सदस्य बिलाल मकसुद र फैसल कपाडियाले आफुहरु अलग्गिने घोषणा गरेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार ३३ वर्ष पुरानो यो बेण्डका सदस्यले अलग्गिने निर्णय लिएका हुन् । बेण्डले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउण्टमा यो कुराको जानकारी दिएको छ ।

‘हेलो साथीहरु, यो पोस्ट अन्य पोस्ट भन्दा केही फरक छ । हामीले आज २०२१–०३–२५ मा स्ट्रिङ्सको अन्त्य गर्ने निर्णय लिएका छौं । विगत ३३ वर्षदेखि यो बेण्ड हामी दुईका लागि उत्कृष्ट रह्यो । यस्तो काम गर्नु निकै कठिन हुन्छ र यसलाई सम्भव बनाउनका लागि हामी सबै फ्यानहरुलाई आग्रह गर्छौ । आशा छ हाम्रो निर्णयलाई तपार्इंहरुले स्वीकार्नुहुनेछ’, पोस्टमा लेखिएको छ ।

बिलाल र फैजलले बेण्डलाई अन्त्य गर्ने निर्णय लिए पनि आफूहरु भने नअग्गिने बताएका छन् । ‘हामी बेण्डमा सँगै त रहने छैनौं, तर हाम्रो आत्मीय सम्बन्ध सधैं रहिरहनेछ । हरेक कुराका लागि धन्यवाद’, पोस्टमा अगाडि लेखिएको छ ।

सुरुवाती समयमा सन् १९८० मा यो बेण्डलाई एक कलेज बेण्डको रुपमा निर्माण गरिएको थियो । त्यो समयमा बेण्डमा ४ सदस्य थिए । यो बेण्डको पहिलो हिट गीत ‘सर किये ये पहाड’ थियो । बेण्डका ‘धानी’, ‘ना जाने क्यूँ’, ‘दूर’, ‘सजनी’ र ‘उड जाउँ’ गीत पनि लोकप्रिय छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : १६ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित