काठमाडौँ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ ।
अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन् ।
संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आजै बोलाएको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको बैठकमा जाने निर्णय गरेको हो ।
नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको बैठकपछि नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दलको बैठकमा सबै नेताहरू जाने उनले बताए ।
यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो ।
प्रतिक्रिया