ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट « Khabarhub

ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ज्योति लाइफ इन्सुरेन्सले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आईपीओ बाँडफाँट गरेको हो ।

गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) श्रीजेश घिमिरेले जानकारी दिए । उनका अनुसार आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकको हात खाली भएको छ ।

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो ।

यस्तै, बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था थियो ।

आईपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ । फागुन २४ गते महिला दिवस र २२ गते शनिबारको सार्वजनिक बिदा परेकाले कम्पनीको आईपीओ कूल ६ दिन बिक्री खुला रहेको थियो । आईपीओको नतिजा मेरोशेयर, सिडिएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : २९ बजे

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा

दुबईको पाम होटलमा खस्यो इरानी मिसाइल, भीषण आगलागी

यूएई- दुबईको पाम क्षेत्रस्थित एक चर्चित होटलमा इरानी मिसाइल हमलापछि

प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा