राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट शुरू हुने « Khabarhub

राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट शुरू हुने


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनगणना आगामी बैशाख २६ गतेबाट शुरू हुने भएको छ । प्रत्येक १०—१० वर्षमा हुँदै आएको गणना यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

पहिलो चरणमा २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरणमा २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ ।

सुपरिवेक्षकहरूबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषि सम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदान घर निर्माण, व्यवसायिक तालिम सम्बन्धी विवरण संकलन गरिने विभागले जनाएको छ ।

नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम शुरू भएको हो । विक्रम संवत २०७८ को राष्ट्रिय जनगणना नेपालको १२ औं र विक्रम संवत २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो जनगणना हो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४६ बजे

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा