फरक विधाका चार श्रष्टा सम्मानित « Khabarhub

फरक विधाका चार श्रष्टा सम्मानित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औँ जन्म जयन्तीका अवसरमा फरक विधाका चार श्रष्टा सम्मानित भएका छन् ।

वासु शशी स्मृति परिषद्द्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पर्यटनविद् कर्ण शाक्य, आख्यानकार इन्दिरा प्रसाइँ, वरिष्ठ पत्रकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र रमण घिमिरे सम्मानित भएका हुन् ।

उनीहरू क्रमशः वासु शशी साहित्य सम्मान, वासु साहित्य पुरस्कार र कुमार सरस्वती साहित्य पुरस्कार २०७६ बाट सम्मानित भएका हुन् । विसं २०५० सालमा स्थापना भएको यस परिषद्ले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । तीनवटै पुरस्कारका राशि जनही रु २५ हजार रहेको छ ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्य राष्ट्रको अमूर्त गहना भएकाले यसको संरक्षण गर्नु सबैको मुख्य दायित्व रहेको बताए ।

परिषद्का अध्यक्ष गणेश रसिकले संस्थाले नेपाली सायित्यका विभिन्न विधामा सर्वदा नयाँ दिशाबोध प्रदान गरी नयाँ आयाम थप गर्न सफल साहित्यकारलाई सम्मान गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४