परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० पक्राउ | Khabarhub Khabarhub

परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० पक्राउ


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनीयरिङ सङ्कायतर्फको परीक्षा पूर्व प्रश्नपत्र निष्कासन गरेको आरोपमा कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएको वैशाख ३ गते विश्वविद्यालयको मोरङको गोठगाउँमा हुन लागेको इन्जिनीयरिङ सङ्काय तर्फको बिई दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व निष्कासन गरेको आरोपमा विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम र सङ्खुवासभा मादी नगरपालिका–६ का ३५ वर्षीय गोपाल कार्की पक्राउ परेका छन् ।

यसैगरी, पक्राउ पर्ने अन्यहरूमा रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भीमसेन थापा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मीनप्रसाद भट्ट, गोर्खा गण्डागी गाउँपालिका–३ बस्ने ३१ वर्षीय भरत पठन, गोर्खा जिल्ला गोर्खा नगरपालिका–४ बस्ने २६ वर्षीय विकास खड्का र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ बस्ने २८ वर्षीय निर्मल खड्का छन् । पक्राउ पर्नेहरूमा महोत्तरी रामगोपालपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाइन नगरपालिका–७ बस्ने २९ वर्षीय जीवनकुमार यादव र सप्तरी अग्निसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट प्रश्नपत्र परीक्षा पूर्व निष्कासन भएको सम्बन्धमा आवश्यक अनुसन्धानका लागि अनुरोध आएकामा टोली गठन भई गहन अनुसन्धानका क्रममा विद्यालयका फोटो कपी गर्ने कर्मचारीले सामाजिक सञ्जालको प्रयोग गरी प्रश्न पत्र बाहिर ल्याएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए । आरोपितहरूलाई शिक्षा ऐन २०२८ बमोजिम थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ०२ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू