हामीले तीनतिरबाट युद्ध झेलिरहेका छौँ । स्वास्थ्य, अर्थतन्त्र र आन्तरिक र बाह्य बिग्रिँदो वातावरण । यस्तो अवस्था महामारीभन्दा अघिबाट जारी छ ।
यो युद्धलाई जित्न राष्ट्रको सम्पूर्ण शक्ति एकीकृत गर्नुपर्छ । स्रोत साधन, ऊर्जा र नेताहरूको सोच्ने क्षमता सबैको तालमेल मिलाउँदै निर्णायक बिन्दुमा एकीकृत गर्नु आवश्यक हुन्छ ।
यस्तो गर्न सकेको अवस्थामा मात्रै महामारीको जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । छलफल र समन्वयको शृंखलाको माध्यमबाट मात्रै तालमेल बढाउन सकिन्छ । अन्य युद्धबाट जस्तै यो युद्धबाट सकारात्मक नतिजा निकाल्न क्षति कम गर्नुपर्ने हुन्छ ।
हामीले केही रणनीतिक लाभ लिन सक्ने अवस्था पनि छ । ढिलै भए पनि जनताले राष्ट्रिय संकट महसुस गर्न थालेका छन् । मोबाइल फोनका कारणले गर्दा हामीसँग जनसञ्चारको एउटा गहिरो व्यवस्था छ, हालको अवस्थालाई व्यवस्थित गर्न यो महत्वपूर्ण उपलब्धि हुन सक्छ ।
भ्याक्सिन व्यवस्थित गर्न र जीवन रक्षा गर्ने औषधि वितरण गर्न आदार कार्ड एउटा उत्तम उपाय हुन सक्छ । हामीसँग भएको प्राविधक शक्तिले समस्या निर्धारण गर्न र नीति निर्मातालाई कार्ययोजना बनाउन सहयोग गर्न सक्छ ।
स्रोत साधनको कमी हाम्रो सबैभन्दा ठूलो चुनौती होइन, तर खाली ठाउँ भर्न नसक्नु, कार्यान्वयनको अवस्था निगरानी गर्न नसक्नु हाम्रो समस्या हो । यदी हामीले महामारीको यो युद्ध लड्नु छ भने हामीले युद्धका दस सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।
हाम्रा कम्तीमा दुई सय कर्पोरेट हाउससँग देशका कुनाकाप्चामा पुग्न सक्ने क्षमता छ । जसका माध्यमबाट हामी आवश्यक समाग्रीको वितरण गर्न सक्छौँ । एक शहरबाट अर्को शहरमा बन्दोबस्तीका समान पुर्याउन हामीसँग प्रयाप्त विमान क्षमता पनि छ ।
स्रोत साधनको कमी हाम्रो सबैभन्दा ठूलो चुनौती होइन, तर खाली ठाउँ भर्न नसक्नु, कार्यान्वयनको अवस्था निगरानी गर्न नसक्नु हाम्रो समस्या हो । यदी हामीले महामारीको यो युद्ध लड्नु छ भने हामीले युद्धका दस सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ ।
पहिलो सिद्धान्त एउटा स्पष्ट र व्यवस्थित उद्देश्यको पहिचान हो । स्वास्थ्य र आर्थिक संकटसँग जुध्ने हाम्रो लक्ष्य हुनुपर्छ । युद्धमा पनि विवादस्पद लक्ष्यलाई सम्झौताका माध्यमबाट व्यवस्थित गर्ने गरिन्छ । युद्धको समयमा लिइएको फैसलाले सायदै कसैलाई सन्तुष्ट बनाउँछ । त्यसैले यस्तो निर्णय लिन राजनेताको जरुरी हुन्छ ।
दोस्रो सिद्धान्त नैतिकता कायम राख्नु हो । यसका तीन तत्व छन् । जनतालाई देशको अवस्थाका विषयमा स्पष्ट बताउनुपर्छ भने चुनौतीबाट बाहिर निस्किने दिशा दिनसक्नुपर्छ । यस्तो अवस्थामा तीव्र निर्णय गर्न सक्ने क्षमता प्रर्दशन गर्न सक्नुपर्छ ।
कथनी र करणीमा फरक आयो भने नेताले विश्वास गुमाउन सक्छ जसले गर्दा राष्ट्रिय एकता खलबल्याउन सक्छ ।
तेस्रो सिद्धान्त आपत्तिजनक कारबाही अथवा व्यावहारिक कदमको शृंखला हो । यसले गति र लाभकारी अवस्था बनाइराख्न सहयोग पुर्याउँछ । रणनीति लागू गर्न र स्रोतसाधन वितरण गर्न स्थानीय नेताहरूलाई परिचालन गर्नुपर्छ ।
उच्चतहमा रहेका व्यक्तिले स्रोतसाधन जुटाउँछन् भने तल्लो तहमा रहेका व्यक्तिले जुटाएका स्रोत साधनको वितरण गर्छन् । तल्लो तहबाट स्रोत साधनको उच्च माग हुन्छ, यो युद्धको प्रकृति नै हो ।
त्यसैले, उच्चतहमा रहेका व्यक्तिले दीर्घकालसम्मका लागि रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । त्यसको अन्त्यतिर आर्थिक र औद्योगिक शहरहरूलाई महामारीबाट बचाउन स्पष्ट रणनीति तयार गर्नुपर्ने हुन्छ । यो रणनीति असफल भएको अवस्थामा पूरा देश नै धराशायी हुन्छ ।
चौथो सिद्धान्त सुरक्षा हो जसले निश्चित उद्देश्य प्राप्त गर्न आवश्यक पर्ने वातावरण बनाउने काम गर्छ । खासगरी जीवन उपयोगी सामग्रीको माग र आपूर्तिमा सन्तुलन नमिलेको अवस्थामा त्यसले नैतिक र भौतिक भ्रष्टाचारको अवस्था निम्त्याउन सक्छ । आपूर्तिमा समस्या, कर्मचारीतन्त्रको ढिलासुस्ती, उदासीनता र लोभका कारण युद्धको अवस्था झनै विकराल हुनसक्छ ।
सरकारले संस्थाहरूको क्षमताबाट लाभ लिनसक्नुपर्छ विशेषगरी ती संस्थान जो स्रोतसाधन वितरण गर्ने क्षमता राख्छन् । यसका साथै सामग्री वितरणमा चुहावट नहोस् र ढिलासुस्ती पनि नहोस् भनेर निगरानी गर्नुपर्छ । यस्तो संस्थाहरूको उद्देश्य बदल्दै युद्ध प्रकृति अनुरूप बनाउनुपर्ने हुन्छ ।
सबै निर्णयका नचाइँदो असर पनि हुन्छ । उदाहरणका लागि लकडाउनपछि प्रवासीहरूको पलायन । युद्धको समयमा प्रायः निर्णय गलत र गलतको नजिकबीचमा हुन्छन् । मुख्य निर्णयहरूको असर मूल्याङ्कन गर्दै निर्णय गलत हुनबाट जोगाउनुपर्छ । यस्तो समूहमा काल्पनिक क्षमता भएका र लामो समयसम्मको प्रभाव मूल्याङ्कन गर्न सक्ने व्यक्ति चयन गर्नुपर्छ ।
छठौँ सिद्धान्त शक्तिमा केन्द्रित हुने हो । पहिलो दीर्घामा रहेर काम गर्ने श्रमिकलाई भ्याक्सिन कार्यक्रममा सहभागी गराउनु यो सिद्धान्तको उदाहरण हो । विशेषगरी नेताहरूले आफ्नो स्रोतसाध कम वितरण गर्छन् जसले गर्दा त्यसको निर्णायात्मक प्रभाव पर्दैन ।
सातौँ सिद्धान्त प्रयासको अर्थ व्यवस्था हो । यो सिद्धान्तले युद्धको समयमा स्रोतसाधन सधैँ कम हुने मान्यता राख्छ भने त्यसलाई पूरा गर्न हरसम्भव प्रयास गरिने बताउँछ । अपव्यय कम होस् भन्ने यसको उद्देश्य हुन्छ जसले गर्दा समाग्रीको खपतमा कम नोक्सानी हुन्छ ।
युद्धको समयमा देश स्रोतसाधन र ज्ञानको क्षमताको कमीले मात्रै पराजित हुँदैन पुराना जितको उन्मादले पनि पराजित गराउँछ । चुनौतीलाई कम आँक्दै नयाँ रणनीति अख्तियार गर्न नसक्दा पनि पराजय भोग्नुपर्छ ।
आठौँ सिद्धान्त लचकता हो । जब सबै रणनीति एकीकृत हुन्छन्, तब कार्यान्वयन पर्याप्त सशक्तीकरण गर्दै निरीक्षण र निर्धारण गर्नुपर्ने हुन्छ । उदाहरणका लागि स्थानीय नेताले आफ्नो भेगका जनतालाई आफ्नो परिवारका सदस्य सरह सहझै भ्याक्सिन लगाउन सकिन्छ भन्ने सोच्न सक्छन् । यस्तो परिवर्तनलाई कार्यक्षेत्रमा मात्रै लागु गर्न सकिन्छ ।
नवौँ सिद्धान्त सहकार्यको हो । यसमा समूहगत कार्य गर्ने, चुनौती, अप्ठेरो, जोखिम र अवसरलाई सबैको हितका लागि साझा गर्ने भन्ने बुझाउँछ ।
यो सिद्धान्त अन्तर्गतको मुख्य सिद्धान्त भनेको जोखिम, चुनौती र अप्ठेरो परिस्थितिलाई ठूलो समूहले साझा हिसाबमा समाधान गर्ने प्रयास गर्छ भने सानो समूहले आफ्नो हित र अवसर मात्रै खोज्छ भन्ने हो । यस्तो समूहले आफ्नो क्षमता, नैतिकता र अन्तोत्वगत्वा प्रभावकारीता नै गुमाउँछ ।
यस अन्तर्गत स्थिरता अन्तिम सिद्धान्त हो । युद्ध लड्ने क्षमता स्थिर गर्दै आफ्नो अन्य क्रियाकलाप स्वतन्त्र राख्नु यो सिद्धान्तको उद्देश्य हो । यस अन्तर्गत नै आर्थिक क्रियाकलाप अघि बढाउन सकिन्छ । अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सकिएन भने महामारी विरुद्धको युद्धले हामीलाई डस्न थाल्छ ।
युद्धका यी सिद्धान्तले हामीलाई दिशानिर्देश गर्छ । युद्धको समयको चाँदीको घेरा के मात्रै हो भने आन्तरिक समस्याका बाबजुद यसले देशलाई पूर्ण क्षमतामा युद्धबाट सफलता प्राप्त गर्न अग्रसर बनाउँछ ।
युद्धको समयमा देश स्रोतसाधन र ज्ञानको क्षमताको कमीले मात्रै पराजित हुँदैन पुराना जितको उन्मादले पनि पराजित गराउँछ । चुनौतीलाई कम आँक्दै नयाँ रणनीति अख्तियार गर्न नसक्दा पनि पराजय भोग्नुपर्छ ।
(रघु रमन रिलायन्स कम्पनीका पूर्वअध्यक्ष हुन् । २१ अप्रिल २०२१ मा द हिन्दुस्तान टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया