संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने सरकारको तयारी « Khabarhub

संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने सरकारको तयारी


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ।

संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ ।

लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सोमबारदेखि पूर्वनिर्धारित सबै किसिमका परीक्षा पनि अर्को निर्णय नभएसम्मका लागि तत्काललाई स्थगन गर्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको