प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेता नेपालको आरोप « Khabarhub

प्रधानमन्त्री ओलीमा मनमोहनको जस्तो गुण नभएको नेता नेपालको आरोप


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शालीन र बौद्धिक व्यक्तित्व मनमोहन अधिकारीले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण गरेका छन् ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १ औं स्मृति दिवसको अवसरमा उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप लगाएका छन् ।

नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई एमाले एकतामा लाग्न अपिल गरेका छन् ।

उनले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्नु पर्ने समय रहेको भन्दै यस्तो अपिल गरेका हुन् ।

‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु’, उनले भनेका छन् ।

उनले कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नपाउदा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको महशुस गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ४५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि