आठबीसकोट नगरपालिकाका विद्यालय एक साता बन्द « Khabarhub

आठबीसकोट नगरपालिकाका विद्यालय एक साता बन्द


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाकोे क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साताका लागि बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार विज्ञप्ति जारी गरी वैशाख १४ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्न थालेका कारण विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । विद्यार्थीहरुलाई घरमा बसेर परीक्षाको तयार गर्न निर्देशन दिँदै नगरपालिकाले विद्यालय बन्द गरेको हो ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरुलाई भीडभाडमा नजान, बिरामी भएका व्यक्तिको सम्पर्कबाट टाढा रहन र विदेशबाट आएका मानिसहरुको सम्पर्कबाट टाढा रहनलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर घरमै बसी परीक्षाको तयारी गर्न भनिएको छ ।

वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई क्रियाकलापको सुनिश्चितता गरी विद्यालयको प्रत्यक्ष पठनपाठनलाई एक साताको लागि बन्द गर्न नगरपालिकाले विद्यालयलाई अनुरोध गरेको छ ।

त्यस्तै शिक्षक कर्मचारीहरु भने दैनिक रुपमा विद्यालय उपस्थित भई विद्यालयको प्रशासनिक तथा परीक्षा सम्बन्धी तयारी गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि