मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित « Khabarhub

मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका मंगलबारदेखि हुने सबै परीक्षा स्थगित भएका छन् ।

काठमाडौंका तीन जिल्लासहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा हुने कुरा आएपछि मंगलबार (भोलि) देखि हुने सबै परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

उनले भने, ‘धेरै ठाँउमा निषेधाज्ञा हुने भएपछि हामीले पनि तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेका हौँ ।’

अहिले त्रिविले स्नातक दोस्रो वर्षको तेस्रो र चौथो वर्षे परीक्षा सञ्चालन गरिरहेको छ । त्रिविमा सोमबार बसेको केन्द्रीय परीक्षा संचालन समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

काभिड १९ को दास्रो लहर प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल संचालित तथा सञ्चालनको प्रक्रियमा रहेका सम्पूर्ण परीक्षाहरु याथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले अर्का सूचना नआए सम्मको लागि सम्पूर्ण परीक्षा स्थगित भएका त्रिविले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्नातक दोस्रो वर्षको शिक्षा, मानविकी र विज्ञान विषयको परीक्षा गर्न बाँकी छ । नियमित परीक्षा भएको खण्डमा आगामी १९ गते त्रिविका सबै परीक्षा सिकिने थिए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले भने सरकारलाई पूर्व निर्धारित परीक्षा रोक्न सिफारीस गरेसँगै अधिकांश विश्व विद्यालयले परीक्षा स्थगित गरेका छन् ।

यस्तो छ सूचना

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १८ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र