मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित « Khabarhub

मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका मंगलबारदेखि हुने सबै परीक्षा स्थगित भएका छन् ।

काठमाडौंका तीन जिल्लासहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा हुने कुरा आएपछि मंगलबार (भोलि) देखि हुने सबै परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

उनले भने, ‘धेरै ठाँउमा निषेधाज्ञा हुने भएपछि हामीले पनि तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेका हौँ ।’

अहिले त्रिविले स्नातक दोस्रो वर्षको तेस्रो र चौथो वर्षे परीक्षा सञ्चालन गरिरहेको छ । त्रिविमा सोमबार बसेको केन्द्रीय परीक्षा संचालन समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

काभिड १९ को दास्रो लहर प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल संचालित तथा सञ्चालनको प्रक्रियमा रहेका सम्पूर्ण परीक्षाहरु याथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले अर्का सूचना नआए सम्मको लागि सम्पूर्ण परीक्षा स्थगित भएका त्रिविले जारी गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्नातक दोस्रो वर्षको शिक्षा, मानविकी र विज्ञान विषयको परीक्षा गर्न बाँकी छ । नियमित परीक्षा भएको खण्डमा आगामी १९ गते त्रिविका सबै परीक्षा सिकिने थिए ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले भने सरकारलाई पूर्व निर्धारित परीक्षा रोक्न सिफारीस गरेसँगै अधिकांश विश्व विद्यालयले परीक्षा स्थगित गरेका छन् ।

यस्तो छ सूचना

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : १८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब