काठमाडौँ प्रवेश गर्नेले अब अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने | Khabarhub Khabarhub

काठमाडौँ प्रवेश गर्नेले अब अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै अब काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारिन्टाइन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुद्वारा सोमबार आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।

जिल्ला प्रशासनले सभासम्मेलनमा रोक लगाएको छ ।

आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमङ पुल सपिङ मल, मनरोरञ्जन स्थल , सैलुन, व्युटी, पार्लर जिमखाना, सूमहमा खेलिने खेलकुद, पुस्तकालय संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।

यसैगरी विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासनको अनुमति लिएर मात्र गर्न पाइने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : २० बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी