कोरोना रोकथाममा सरकार गम्भीर नबनेको अध्यक्ष प्रचण्डको आरोप « Khabarhub

कोरोना रोकथाममा सरकार गम्भीर नबनेको अध्यक्ष प्रचण्डको आरोप


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना रोकथाम तथा न्यूनीकरणका बिषयमा गम्भीर नबनेको आरोप लगाएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकार कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा गम्भीर नबनेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ। म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु।’

प्रचण्डले कोरोना महामारीको सबैभन्दा बढी मार श्रमजीवीलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग आग्रह समेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीब्र संक्रामकका रुपमा देखिएको छ। छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको हाम्रो देशको स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने भएको छ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ०२ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार