लकडाउन छोटो र परिणाममुखी बनाउन के गर्ने ? « Khabarhub

लकडाउन छोटो र परिणाममुखी बनाउन के गर्ने ?



कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ । महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ ।

आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ । हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन ।

हरेक समस्याको समाधान हुन्छ । समाधान रुखबाट झर्दैन । यसको लागि मनैदेखि लाग्नुपर्दछ । सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने / गर्ने गर्थ्यौं ।

१ वर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं । नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय नगर्नुको कारण हो । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला ।

अब हामीसंग विकल्प साँघुरा हुँदैछन् । आम नागरिकको जीवनभन्दा ठूलो केहि हुँदैन । त्यो पर्नेलाई थाहा हुन्छ । १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गतसालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने यसको कुनै अर्थ छैन ।

लकडाउन गर्नु परे उल्लेखित मोडेलमा गरौँ अन्यथा भारतका धनाढ्यले जहाज चार्टर गरेर विदेश भागे झैं गाउँतिर लागौं ।

१. २-३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ ।
२. लकडाउन केवल ३ हप्ता गर्नुपर्छ । २० दिन पनि हैन, २२ दिन पनि हैन । ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम ब्यापक गर्नुपर्दछ ।
३. त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ ।
४. स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ ।
५. सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण / प्रकाशन गर्ने ।
६. परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ ।
७. मेडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती / गल्ली / चोक आदिमा आवतजावत कस्तो छ ? प्रहरी परिचालन कस्तो छ ? त्यसको निगरानी राख्ने ।
८. सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने ।
९. सिमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ ।
१०. आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ ।
११. सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ ।
१२. यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् । तर समुदायमा संक्रमण सार्न सक्दैनन् । यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ । ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ ।

यो पटकको लकडाउन छोंटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ । यसपटकको प्रजाति निकै संक्रामक र घातक छ । १ जनाले पनि नजरअन्दाज नगरौं ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ४९ बजे

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको