कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण « Khabarhub

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बू समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।

“म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु”, उनले भनेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक रहेको बताउँदै उपराष्ट्रपतिले बुद्धका उपदेशलाई आत्मसात् गर्न सकेमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ७ : ४० बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३