एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद, दुई जना पक्राउ « Khabarhub

एम्बुलेन्सबाट लागुऔषध गाँजा बरामद, दुई जना पक्राउ


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ ।

प्रहरीका अनुसार को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको हो । एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : २८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा