क्यान्सरको जोखिम हटाउन सखरखण्ड खाऔँ « Khabarhub

क्यान्सरको जोखिम हटाउन सखरखण्ड खाऔँ


१२ जेष्ठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘स्टार्च’ले भरिएको तथा गुलियो स्वादको हुन्छ, सखरखण्ड । यसलाई कतै सखरखण्ड भनिन्छ भने कतै सुठुनी र तराईमा अलुवा पनि भनिन्छ ।

यसलाई सफा गरेर बोक्रैसहित वा बोक्रा हटाएर काँचै वा उसिनेर वा पोलेर खान सकिन्छ ।

सखरखण्डमा फाइबर, भिटामिन बी र सीसँगै आइरन, क्याल्सियम, सेलेनियमजस्ता खनिज पाइन्छ । यस अलावपा बिटा–क्यारोटिन भन्ने पोषक तत्व प्रचूर मात्रामा पाइन्छ । तसर्थ केवल ८० ग्राम सखरखण्ड खाएमा पनि हामीलाई पोषण पर्याप्त हुन्छ ।

सखरखण्डको फाइदा
१. विशेषगरी वैजनी रंगको सखरखण्डले क्यान्सरको जोखिम घटाउँछ ।
२. भिटामिन ए पाइने सखरखण्डले फोक्सोमा हुने क्यान्सरको जोखिम पनि घटाउँछ ।
३. सखरखण्डमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्दछ ।
४. सखरखण्डले टाइप टु मधुमेहका रोगीलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा सघाउँछ ।
५. यसमा पाइने ‘एन्थोसाइनिन’ नामको एन्टिअक्सिडेन्ट आँखाका लागि लाभदायक हुन्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : २५ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी