चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच जुम बैठक हुँदै « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच जुम बैठक हुँदै


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज जुममार्फत बैठक बस्दैछ ।

कोरोना महामारीलगायत तथा त्यसबाट बच्न चीनले दलहरूलाई पनि दिन लागेको स्वास्थ्य सामग्री प्रयोगका विषयमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले विज्ञहरूमार्फत नेताहरूलाई जानकारी दिनेछन् ।

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् ।

नेपालकातर्फबाट भने एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि बैठकमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना