दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा | Khabarhub Khabarhub

दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५औँ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति  विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि थुप्रै अवसर रहेको उनले बताएका छन् ।

सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो  कयौँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र  अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् ।

साथै उनले किराँत समुदायको महान् पर्व उभौलीका अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १ : ४० बजे

एमाले उपमहासचिव ज्ञवालीले देखेका प्रचण्डका तीन छटपटी

काठमाडौं- सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत असारमा अचानक

पाकिस्तानको उत्तरपश्चिममा आत्मघाती आक्रमण, २० जनाको मृत्यु

एजेन्सी– उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास

आईएईएमा निन्दा गर्ने युरोपेली शक्तिहरूलाई इरानको चेतावनी

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक

ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न माग

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले