अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’ « Khabarhub

अभिनेत्री नीताको आक्रोशः ‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन’


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री नीता ढुंगाना एक वर्षयतादेखि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको प्रेममा छिन् । हरिहर यतिबेला पितृ शोकमा छन् । उनका पिता रामबहादुरको कोरोना संक्रमणका कारण सोमबार निधन भएको हो ।

आफ्नो हुनेवाला ससुराको कोरोनाका कारण निधन भएपछि नीताले फेसबुकमा एक स्टाटस लेख्दै आक्रोश पोखेकी छन् ।

‘मेरो देश, मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ ।’ उनले लेखेकी छन् ।

उनले कोरोनाको विरुद्ध संसार लडिरहदा आफ्नो देशले आफूलाई झन् लात हान्छ भन्ने कुरा आभाष भएको उल्लेख गरेकी छन् ।

‘यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ,’ उनले अगाडि लेखेकी छन् ।

समयमा नै आइसियूको व्यवस्थापन र अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु नपर्ने नीताको बुझाई छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ३ : १० बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको