चीनले नेपाललाई १० लाख डोज खोप दिने « Khabarhub

चीनले नेपाललाई १० लाख डोज खोप दिने


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोप उपलव्ध गराउने जानकारी गराएका हुन् ।

यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।

बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चीनसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : २२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको