कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बँुदे सुझावपत्र बुझाएको थियो । बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकले आवश्यकताअनुसार श्यया, अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट ट्रेसिङको आधारमा बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्‍याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ६ : १४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको