सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर संक्रमित  « Khabarhub

सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर संक्रमित 


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन् ।

निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले केही दिनयता सङ्क्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताए ।

“सङ्क्रमणदर घट्दै गएपनि हामीले स्वास्थ्य सर्तकता अप्नाउन छाडे पुनः महामारीको रुप लिन सक्छ”, उनले भने, “यो आफू पनि बाच्ने र अरुलाई पनि बचाउनुपर्ने बेला हो ।”

उनले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताए ।

“ प्रदेश सरकारले २० हजार किट खरिद प्रक्रिया अघि बढाएको छ”, उनले भने, “ केन्द्रबाट पनि सुदूरपश्चिमलाई आवश्यक किट पठाउने तयारी गरेको खबर छ ।” उनले प्रदेश सरकारले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सनटट्रेर सबै पालिकासम्म पुर्‍याउने तयारी गरिरहेको बताए ।

त्यसैगरी सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

पिसिआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी यहाँ सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने सङ्क्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिममा नौ वर्ष मूनिका एक हजार ४९ जना बालबालिकामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । २५ लाख भन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य उपकरणको अवस्था भने अझै नाजुक रहेको छ ।

सुदूरपश्चिममा हालसम्म ३४ वटा मात्रै भेन्टिलेटर सहितको सघन स्वास्थ्य सुविधा रहेको छ । प्रादेशिक अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थासम्म गरी यहाँ ६३ आइसियु शय्या र १५४ एचडियु शय्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यहाँ हालसम्म १ लाख ७५ हजार सात सयको पिसिआर विधिबाट कोरोना परीक्षण हुँदा ३ हजार नौ सय ७८ जना सङ्क्रमित देखिएका छन् । कोरोना सङ्क्रमणबाट मङ्गलबार सुदूरपश्चिममा कैलालीमा पाँचसहित नौ जनाको मृत्यु भएको थियो ।

कञ्चनपुर र कैलालीसहित यहाँ भारतसित आवागमन हुने पाँच वटा नाकाबाट पछिल्लो समय दैनिक तीन देखि पाँच सय नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : ४५ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम