अक्सिजनका सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

अक्सिजनका सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ ।

पछिल्ला केही दिन यता अक्सिजनका सिलिण्डर अभाव भएपछि व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै अनुरोध गरेका हुन् ।

‘यसले आगामी दिनमा समस्या निम्त्याउने देखिन्छ’, सहप्रवक्ता अधिकारीले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालमा प्रयोगका लागि विभिन्न तरिकाले लगेका अक्सिजन सिलिण्डर समयमा नै जुन कम्पनी वा अस्पतालका सिलिण्डर हुन तिनै अक्सिजन उत्पादक कम्पनी वा अस्पतालमा पुग्ने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध छ।’

अक्सिजन सिलिण्डरहरु देशका दुरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठयारो हुने भएकाले सबैलाई संवेदनशील बन्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न र गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १० : १५ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम