पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना « Khabarhub

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ ।

अध्यक्ष पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कार दुर्घटनामा परेको हो ।

गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

पत्रकार शिव लम्सालले कार दुर्घटनाको तस्वीर राख्दै फेसबुकमा लेखेका छन्, ‘धन्य भगवान ठूलो दुर्घटनाबाट बचायौँ । मेरो मित्र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष विपुल पोखरेल सहित दाङ शाखा अध्यक्ष दुर्गा केसी,उपाध्यक्ष सन्ताेष सुवेदी र सल्लाहकार सुदीप गाैतमको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।’

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ७ : ५३ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको