पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना | Khabarhub Khabarhub

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार कार दुर्घटना


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ ।

अध्यक्ष पोखरेलसहित दाङ जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार कार दुर्घटनामा परेको हो ।

गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

पत्रकार शिव लम्सालले कार दुर्घटनाको तस्वीर राख्दै फेसबुकमा लेखेका छन्, ‘धन्य भगवान ठूलो दुर्घटनाबाट बचायौँ । मेरो मित्र नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका अध्यक्ष विपुल पोखरेल सहित दाङ शाखा अध्यक्ष दुर्गा केसी,उपाध्यक्ष सन्ताेष सुवेदी र सल्लाहकार सुदीप गाैतमको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।’

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ७ : ५३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल