नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन | Khabarhub Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा स्थानीयले प्रदर्शन गरेका छन् ।

सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले हालै जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको उनीहरुले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीयले आज विभिन्न स्थानमा उनीहरूविरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजीकरण हुने भयो भनेर अनर्गल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबरदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए।

सयौँको संख्यामा नागरिकले ‘नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाइँदैन।’ ‘जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र-माधव मुर्दावाद’, ‘नागरिकको भविष्यसँग खेलबाड गर्न पाइँदैन, नागरिकताविरोधी नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ३९ बजे

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा  नो कम्प्रोमाइज’