उत्तर-सत्य राष्ट्रको अर्थशास्त्र | Khabarhub Khabarhub

उत्तर-सत्य राष्ट्रको अर्थशास्त्र



यदि जङ्गलमा रुख ढल्यो तर त्यो सुन्ने कोही छैन भने के रुख ढल्दा साँच्चैको आवाज आउँछ ? यदि हामीसँग बढ्दो अर्थतन्त्र छ तर हाम्रा मतदाता त्यो स्वीकार गर्न तयार छैनन् भने के देशको अर्थतन्त्र तीव्र गतिमा बढ्दै छ त ?

केही बढ्दो असहजताका बाबजुद अमेरिकी अर्थ व्यवस्था स्पष्टरूपमा भ्याक्सिन प्रोत्साहनको इन्धनले चलेको छ । हरेक उपायका साथ महमारी तीव्र गतिमा अन्त्य हुने संकेत मिल्दैछ ।

हो, वितरण प्रणालीको समस्याका कारण मुद्रास्फीतिमा समस्या देखिएको छ तर हालैका दिनमा प्राप्त तथ्यांकले यो मुद्रास्फीति केही समयका लागि मात्रै हुने देखिएको छ । औद्योगिक सामग्रीको मूल्यमा तीव्र गिरावट आएको छ । प्रयोग भइसकेका गाडीको मूल्यमा वृद्धि भएको छ । केही कम्पनीमा आश्वयकता अनुरूपमा कामदार लिन असहज स्थिति भएको देखिन्छ तर यी समस्या अस्थायी हुने पक्का छ ।

समग्ररूरुपमा भन्नु पर्दा हामी केही महीनाअघिको तुलनामा राम्रो आर्थिक अवस्थामा छौँ।

मिशिगन विश्वविद्यालयको उपभोक्ता सम्बन्धी एक अध्ययनअनुसार आफूलाई रिपब्लिकन भनेर परिचय गराउने केही निश्चित व्यक्तिहरू सन् २०२० को निर्वाचनअघिभन्दा हालको आर्थिक अवस्था सकारात्मक रहेको बताउँछन् ।

यस्तो हुने अपेक्षा गरिएको थियो भनेर तपाईंले भन्न सक्नुहुन्छ । दुई तिहाई रिपब्लिकनहरूले उनीहरूको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको थियो भन्ने कुरामा विश्वास गर्दैनन् । यस्तै एक तिहाई व्यक्ति विश्वलाई कुनै राक्षसलाई पूजा गर्ने व्यक्तिहरूले सञ्चालन गरेको विश्वास गर्छन् । उत्तर–सत्य मानसिकतामा अर्थ व्यवस्थासम्मको मनस्थिति देखेर आश्र्चय चकित किन हुने ?

यहाँ स्पष्ट हुन जरुरी छ, मैले मिशिगन विश्वविद्यालयको अध्ययनलाई हालको आर्थिक अवस्थाको सूचकांक प्रस्तुत गर्न प्रयोग गरेको हो, उपभोक्तको अपेक्षा देखाउन होइन । अहिलेको अवस्था कस्तो छ भनेर देखाउन यसको प्रयोग गरिएको हो, मानिसले के हुन सक्छ भनेर अपेक्षा गरेको देखाउन होइन । रिपब्लिकनहरूको विश्वास बाइइकोनमिक्सले भविष्यमा समृद्धि ‘नक्ट’ गर्छ भन्ने हो, यो उनीहरूको विश्वासको बारेमा हो, जीवित अनुभवमा यो पहिला नै छ ।

के पक्षपातको धारणाले अर्थतन्त्रलाई सधैँ रङ्गीन गरेको छ ? यो दुवैतर्फ सधैँ हुँदैन । यो त्यो हदसम्मम पनि हुँदैन ।

यदि तपाईंले मिशिगन विश्वविद्यालयको अध्ययनलाई एक दशकभन्दा अगाडि हेर्नुहुन्थ्यो भने तपाईंले अहिलेको जस्तो धुव्रीकरण देख्नु हुने थिएन । सन् २००९ मा रिपब्लिकन र डेमोक्रेटको तत्कालीन अवस्थाका विषयमा समान धारणा थियो । यद्यपि रिपब्लिकन भविष्यका विषयमा नकारात्मक थिए ।

भलै एक तिहाई अमेरिकी मतदाता ह्वाइट हाउसमा डेमोक्रेट हुँदा त्यसले राम्रो गर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । मलाई अझै पनि त्यो दिन याद आउँछ जुन दिन सच्चाइले महत्व राख्छ ।

अहिलेका पार्टीहरूले व्यवस्थित तरिकाले व्यवहार गर्दैनन् । डेमोक्रेटले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनपछि अर्थतन्त्र सम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेका थिए तर खासै गहन रूपमा होइन । सन् २०१६ को निर्वाचनपछिको मूलभूत प्रश्न भनेको रिपब्लिकनहरूको आलकन ज्यादा अनुकूल कसरी भयो भन्ने थियो । आर्थिक प्रदर्शनमा खासै उल्लेख काम केही नभए पनि हाल महामारीपछिको अवस्था जस्तो भने पक्कै थिएन ।

अर्थव्यवस्थाका विषयमा रिपब्लिकनको विचार अर्थव्यवस्था आफ्ना लागि ठीक भए पनि अन्यका लागि भयानक छ भन्ने हो । यो दक्षिणपन्थीहरूले शहरी क्षेत्रको हिंसाका विषयमा राखेको धारणा जस्तै हो ।

व्याख्या जे जस्तो भए पनि उत्तर–सत्य राजनीतिले आफ्नो क्षेत्रलाई दैनिक अनुभव जसरी विस्तार गरेको छ । मतदाताले अर्थतन्त्र सम्बन्धी बनाएको धारणा सत्यसँग नजिक छैन ।

राजनीतिले अर्थनीति सम्बन्धी के भन्छ ?

राजनीतिक विज्ञान सम्बन्धी ठूलो अनुसन्धानले अर्थतन्त्रले निर्वाचनलाई डोर्‍याउने बताउँछ । विगतमा निर्वाचन अघिको ६ महीनामा मानिसको आयले ठूलो महत्व राख्थ्यो ।

यो सधैँ समस्या निम्त्याउने खालको परिणाम हुन्थ्यो । खास गरी अल्पकालीन विकासमा राष्ट्रपतिको नीतिको प्रभाव हुँदैन । दीर्घकालीन प्रदर्शनमा कुनै पुरस्कारको व्यवस्था नहुँदा पनि यस्तो भएको विश्वास गरिन्थ्यो ।

यदि तपाईंले निर्वाचन मोडलमा विश्वास गर्नुहुन्छ भने राष्ट्रपतिका लागि दुई कार्यकालको इच्छा गर्ने व्यक्तिका लागि आर्थिक मन्दीबाट पहिलो कार्यकाल शुरू गर्नुपर्छ । दोस्रो कार्यकालका लागि तीव्र तयारी गर्न पनि पहिलो कार्यकालमा आर्थिक प्रगति गर्नुपर्छ । (सोच विचार नगरी चालिएको कदम भए पनि रोनाल्ड रेगनका पालमा यस्तै भएको थियो ।)

अझै अवस्था नराम्रो हुनसक्छ । हामी यस्तो देशमा बस्छौँ जहाँका मानिसले निर्वाचन परिणामबाट राष्ट्रपतिका विषयमा आफ्नो धारणा बनाउँदैनन् । अर्थव्यवस्था सम्बन्धी मतदाताको धारणा वास्तविकताबाट असम्बन्धित र पक्षपातबाट प्रेरित हुन्छ ।

हुनसक्छ, म यहाँ धेरै नकारात्मक भएको हुन सक्छु । निर्वाचन परिणाम केही मतान्तरले फरक पार्छ । त्यसैले राम्रा नीतिहरू पुरस्कृत हुन सक्छन् । भलै एक तिहाई अमेरिकी मतदाता ह्वाइट हाउसमा डेमोक्रेट हुँदा त्यसले राम्रो गर्छ भन्ने कुरामा विश्वास गर्दैनन् । मलाई अझै पनि त्यो दिन याद आउँछ जुन दिन सच्चाइले महत्व राख्छ ।

(पाउल क्रुगम्यान अमेरिकी अर्थशास्त्री हुन् । उनी न्यूयोर्कस्थित सिटी विश्वविद्यालयमा अर्थशास्त्रका प्रध्यापक हुन् । २४ जुन २०२१ मा द न्यूर्योक टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ५५ बजे

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र