दमाम-काठमाडौँ सातामा २ उडान, आधिकारिक एजेन्सीबाट मात्र टिकट लिन आग्रह « Khabarhub

दमाम-काठमाडौँ सातामा २ उडान, आधिकारिक एजेन्सीबाट मात्र टिकट लिन आग्रह


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसँगै दमाम-काठमाडौँ सातामा २ उडान हुने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै दमाम-काठमाडौं सतामा २ हवाई उडान हुने जानकारी दिएको छ ।

दूतावासका अनुसार स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना हुने गरी केही मुलुकका लागि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाई उडानको अनुमति दिने नेपाल सरकारको निर्णयबमोजिम नेपाल उड्डयन प्राधिकरणले प्रकाशन गरेको साप्ताहिक हवाई उडान तालिका सार्वजनिक गरेको जनाएको छ ।

जसअनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा सातामा २ वटा उडान हुने छ भने यसका अतिरिक्त साप्ताहिक रुपमा कतारबाट-७, युएईबाट-५, कुवेतबाट-२ र ओमानबाट-१ वटा उडान राखिएकाले ती मुलुकलाई ट्रान्जिट बनाएर समेत नेपाल दूतावासले जनाएको छ ।

उडान हुने भएपछि यात्रुहरु नठगिउन भनेर दूतावासले सम्बन्धित एयरलाइन्सका आधिकारीक ट्राभल एजेन्सीमा सम्पर्क गरेर आधिकारिक ट्राभलबाट टिकट लिन अनुरोध गरेको छ ।

यस्तै साउदीबाट स्वदेश फर्किने नेपालीहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र तथा सीसीएमसीले जारी गरेको फारम भरेर बारकोड अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।

काठमाडौं पुगेपछि ५ दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने र त्यहाँ पनि पीसीआर परीक्षण गरिनेछ र रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान दिइने छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : १० बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई