जनतामा भ्रम नछरौँ भन्दै डा. भट्टराईले थापालाई दिए चेतावनी « Khabarhub

जनतामा भ्रम नछरौँ भन्दै डा. भट्टराईले थापालाई दिए चेतावनी


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र फर्काउन पहल गर्न प्रचण्डलाई आग्रह गरेपछि  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले थापालाई चेतावनी दिएका छन् ।

बिहीबार एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ भनेपछि राप्रपा अध्यक्ष थापाले हौसिदै दाहाललाई राजतन्त्र फर्काउन पहल गर्न आग्रह गरेका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्, ‘प्रचण्डजीले सही भन्नुभयो । हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन । त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौँ । यो असल कामको पहल गर्नुहोस्।’

यसको जवाफमा डा. भट्टराईले लेखेका छन्, ‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन । गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौँ ।’

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : २५ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई