ओलीले प्रतिगमनतर्फ लैजान खोजे, सशक्त प्रतिकार आवश्यक छ : उपेन्द्र यादव « Khabarhub

ओलीले प्रतिगमनतर्फ लैजान खोजे, सशक्त प्रतिकार आवश्यक छ : उपेन्द्र यादव


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।

शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले संविधान मिचेर काम गर्दै आएको, जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए ।

उनले ओलीको अधिनायकवाद प्रवृतिलाई प्रतिकार गर्न पाँच दलीय गठबन्धन बनेको धारणा राखे । संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको उनको भनाइ छ ।

यादवले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न यद्दत रहेबाट ओली प्रतिगमनको मतियार रहेको भन्ने प्रमाणित भएको आरोप लगाए ।

कार्यक्रममा नौ थान अक्सिजन कन्सन्ट्रेटर, सत्तरी काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ०१ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार