राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो : सभापति देउवा « Khabarhub

राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो : सभापति देउवा


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अन्तिम व्याख्याता रुपमा अदालत रहेको कारणले सर्वोच्चमा रिट दायर गरेको बताएका छन् ।

शनिबार पत्रकारसँगको अन्तरक्रियामा उनले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता मात्रै बनेको आरोप लगाए । ‘दिउँसो बहुमत छैन भन्ने प्रधानमन्त्रीले राति बहुमत छ भनेर दाबी गर्दा राष्ट्रपतिले पत्याउने अनि २ बजे राति संसद भंग गर्नुभयो । प्रधानमन्त्रीले ५ घण्टा अघि बहुमत छैन, बहुमत छैन भनेर बोल्नु भएको छ । तिनै प्रधानमन्त्रीले बहुमत छ भनेर देखाउनुभयो । राष्ट्रपति नभएर कार्यकर्ता भएर काम गर्नुभयो ।’ उनले भने, ‘राष्ट्रपतिले हदभन्दा बढी प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो काम गर्नुभयो । उहाँले त्यो गर्ने हो ? ओलीले त गर्नै नहुने काम गर्नुभयो । ओली त अधिनायकवादी सोंच विचारका मान्छे हुन् ।’

संसद विघटन गरेपछि मन्त्री थप्न नपाईने व्यवस्था रहेको भएपनि राष्ट्रपतिले नियुक्त गरेको भन्दै सभापति देउवाले आलोचना गरे ।

संविधानको धारा ७६ को ५ ले सांसदहरुलाई विषेशाधिकार दिएको सभापति देउवाको दाबी छ । ‘संसदको कुनै पनि सदस्यले बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा मनोनयन गर्ने हो । त्यो प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत लिने हो ।’ सभापति देउवाले भने ।

सरकारले संविधान मिचेको भन्दै संविधान मिच्नेले संविधान समेत नजोगाउने उनले बताए । सभापति शेरबहादुर देउवाले कांग्रेसको महाविधेशन तोकिएको मितिमा हुने समेत बताएका छन् ।

सभापति देउवाले माधवकुमार नेपाल अन्याय नसहने व्यक्ति भएको र अन्तिममसम्म लडिरहने विश्वास समेत रहेको बताए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : २० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार