बाढीले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध, एक महिला बेपत्ता « Khabarhub

बाढीले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध, एक महिला बेपत्ता


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन ।

घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : १५ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार