व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामार्फत साढे ६ हजार विद्यार्थीले पाए छात्रवृत्ति « Khabarhub

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामार्फत साढे ६ हजार विद्यार्थीले पाए छात्रवृत्ति


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना मार्फत यस वर्ष प्राविधिक विषय अध्ययन गर्ने साढे ६ हजार विद्यार्थीहरुले छात्रवृति पाएका छन् ।

परियोजनाको दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो ।

टीएसएलसीका पाँच हजार पाँच सय र डिप्लोमाका एक हजार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसुालले बताए ।

टीएसएलसीकालाई जनही ५० हजार र डिप्लोमाकालाई जनही १ लाख ५० हजार रुपौयाँ उपलब्ध गराएको उनले बताए ।

टीएसएलसीका विद्यार्थीहरुलाई २५ हजारका दरले २ किस्तामा र डीप्लोमाका विद्यार्थीहलाई ५० हजारका दरले तीन किस्तामा विद्यार्थीहरुकै खातामा रकम जम्मा गरेको भूसालले जानकारी दिए ।

भूसालका अनुसार परियोजनाले ६० वटा विद्यालयलाई डेढ करोड रुपियाँका दरले अनुदान उपलब्ध गराएको छ ।

अनुदान प्राप्त गरेका विद्यालयहरुल विभिन्न १८ वटा सूचक तयार गरेको र सोहीको आधारमा अनुदान रकम उपलब्ध गराएको उनले बताए ।

कोरोना महामरीको दोस्रो लहरले सबैभन्दा बढी भौचरमा आधारित तालिमलाई प्रभावित बनाएको उनले बताए ।

भौतिक रुपमा दिनुपर्ने तालिमहरु भएकोले यस वर्षका कार्यक्रमहरु सुरु हुन नसकेको उनले बताए । उनले भने, अवस्था सामान्य हुँदै गयो भने कार्यक्रमहरु सञ्चालन गछौँ ।

परियोजना अन्तरगतका कार्यकक्रमहरु मध्ये सिलाई बुनाइ र व्यूटिसिन सम्बन्धिका तालिमहरुमा बढी आर्कषण देखिएको भूसालले बताए ।

पाँच वर्षे परियोजनाकोको अन्तिम दोस्रो वर्षसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेको भूसालले बताए ।

उनका अनुसार पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरेका छन् ।

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ४० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार