अफगानिस्तानमा ८१ लडाकू मारिए « Khabarhub

अफगानिस्तानमा ८१ लडाकू मारिए


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।

लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।

अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन । तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ४१ बजे

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता