जसपा विवाद : ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै निर्वाचन आयोग | Khabarhub Khabarhub

जसपा विवाद : ‘हेड काउन्ट’ गरी आधिकारिकता टुंग्याउँदै निर्वाचन आयोग


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद आज टुंग्याउने तयारी गरेको छ ।

जसपाको कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर आयोगले आज आधिकारिकता विवाद टुंग्याउँदैछ ।

जसपाका दुबै (महन्थ ठाकुर र उपेन्द्र यादव) पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन् ।

दुबैको दाबीलाई खारेज गरेर इजलासमार्फत विवाद निरूपणको प्रयास गरे पनि असफल भएपछि ‘हेड काउन्ट’ को निर्णयमा आयोग पुगेको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिएको छ । यादव समूहले ५१ मध्ये ३१ जना सदस्यलाई सोमबार नै लगेर रिसोर्टमा राखेको छ । यस्तै ३२ सांसदमध्ये २१ सांसद पनि यादब समूहमै खुलेका छन् ।

कार्यकारिणी सदस्य र सांसदको बहुमत पुर्‍याउन अर्को पक्षले चलखेल गर्न सक्ने भन्दै यादब समूहले प्रशिक्षणको नाममा कार्यकारिणी सदस्य तथा सांसदहरुलाई रातभर नै गोदाबरी रिसोर्टमा राखेको हो । उनीहरू आज रिसोर्टबाट सिधै आयोग जादैछन् ।

‘हेडकाउन्ट’ रोक्न अन्तरिम आदेश माग गर्दै सर्बोच्च पुगेको ठाकुर पक्षको मागलाई अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनीहरु पनि अब के गर्ने भन्ने रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

पहिलो पटक गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारविरूद्ध आन्दोलनमा गएको जसपा प्रतिनिधिसभा पुनर्स्थापनापछि भने ब्यवहारिकरूपमा विभाजित छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले अदालतको फैसला मानेर अघि बढेको भन्दै अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गरेका थिए । तर, संविधान नै मास्न खोजेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीविरूद्धको पाँच दलको गठबन्धनमा रहँदै संघर्ष गरिरहे ।

ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि ठाकुर पक्ष सरकारमा समेत सहभागी भएपछि जसपा विवाद उत्कर्षमा छ ।

सर्वोच्चले असार २८ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि यादब पक्ष सरकारमा जाने तयारी छ ।

यद्यपि पार्टीको आधिकारिकतामा अन्योल भएपछि यादब पक्षले निर्णय लिन सकेको छैन । आधिकारिकता छिनोफानो हुनेबित्तिकै सरकारमा सहभागी हुने यादब पक्षले बताएको छ ।

तर, साउन ३ मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने चर्चा चुलिएका छन् । ठाकुर र देउवाबीच गत बुधबार भेटवार्ता समेत भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : १० बजे

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ