यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो « Khabarhub

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले क्रोएसियामाथि ४–१ को सहज जित निकालेको छ।

सेभियास्थित रामोन सान्चेज पिजहुआन रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक–एक गोल थपे। क्रोएसियाका लागि डियन ड्रेना बेलजोले फर्काएको एक गोल सान्त्वनामै सीमित बन्यो।

खेलको दोस्रो मिनेटमै यामालले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर २८औं मिनेटमा क्रोएसियाका बेलजोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि अर्थात् ३१औं मिनेटमा पुबिलले यामालको पासमा गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि दबाब बनाएको स्पेनका लागि ६३औं मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा निको विलियम्सले चौथो गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै ६ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ । पराजित क्रोएसिया तेस्रो स्थानमा छ। स्पेनको यो लगातार ४०औं खेलको अपराजित यात्रा हो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : ४३ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल