सुदूरपश्चिम र प्रदेश-१ मा 'भारी' वर्षाको सम्भावना | Khabarhub Khabarhub

सुदूरपश्चिम र प्रदेश-१ मा ‘भारी’ वर्षाको सम्भावना


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१ का केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो क्रम बुधबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन ११ गते सोमबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन  १२ गते मंगलबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन  १३ गते बुधबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ५६ बजे

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य