सुदूरपश्चिम र प्रदेश-१ मा ‘भारी’ वर्षाको सम्भावना « Khabarhub

सुदूरपश्चिम र प्रदेश-१ मा ‘भारी’ वर्षाको सम्भावना


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१ का केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यो क्रम बुधबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन ११ गते सोमबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन  १२ गते मंगलबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साउन  १३ गते बुधबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ५६ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय