चिनियाँ ह्याकर्सले संसदीय इमेल अकाउन्ट ह्याक गरे : नर्वे « Khabarhub

चिनियाँ ह्याकर्सले संसदीय इमेल अकाउन्ट ह्याक गरे : नर्वे


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओस्लो- आफ्नो संसदसँग सम्बन्धित इमेल खाताहरू चिनियाँ ह्याकर्सको निसानामा परेको नर्वेले आरोप लगाएको छ ।

नर्वेका विदेशमन्त्री ईने एरिक्सन सोराइडले गत मार्चमा माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा समस्या देखिएपछि संसदसँग सम्बन्धित इमेल खाता ह्याक भएको थियो । त्यसमा चिनियाँ ह्याकर जिम्मेवार रहेको उनले जनाएका छन् ।

‘नर्वेको संसदले मार्चमा माइक्रोसफ्ट एक्सचेन्ज सर्भर घटनाको हिस्साको रूपमा इमेल प्रणालीको उल्लंघन भएको बताएको छ । यो अत्यन्त गम्भीर घटना हो, जुन हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्रजातान्त्रिक संस्थालाई असर पुर्‍याएको छ,’ विदेशमन्त्री सोराइडले विज्ञप्तिमा भनेका छन्, ‘विस्तृत विवरणको मूल्यांकनपछि चीनबाट बाहिरका क्रियाकलापहरूले सो कमजोरीको फाइदा उठाएका छन् ।’

सोरोइडले यसबारे चिनियाँ दूतावासलाई सम्पर्क गरिएको समेत बताएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज इमेल सर्भर सफ्टवेयरको ह्याकमा अमेरिका र पश्चिमी सहयोगी राष्ट्रहरुले चीनलाई दोष दिँदै आएका छन् ।

चिनियाँ विदेशमन्त्रीले भने उक्त आक्रमणमा आफ्नो सरकार जिम्मेवार नहुने र चीन यस्ता गतिविधिमा संलग्न नभएको बताएका छन् ।

स्रोत : एएनआई

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १० : ५५ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका