भदौमा ‘मिस एण्ड मिसेस युनिभर्सल’ « Khabarhub

भदौमा ‘मिस एण्ड मिसेस युनिभर्सल’


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा हुने भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो प्रतियागिताको यतिबेला अडिसन भइरहेको छ । पहिलो अडिसन बाट १५ जना मिस र १५ जना मिसेस गरी ३० जना छनोट भएका छन् ।

मिस र मिसेसहरूमा रहेको प्रतिभा निखार्दै उनीहरूको उज्ज्वल भबिस्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको स्पार्कल इन्टरटेनमेन्ट अध्यक्ष अम्बिका अर्यालले बताइन् । प्रतियोगिताको अन्तिमस्पर्धा भदौ १९ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुँदैछ ।

बाजेको सेकुवा स्पोन्सर रहेको प्रतियोगिताको कोओडिनेटर नितु श्रेष्ठ छिन् । विवाह अघि र विवाह पछि पनि करियरलाई थप मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको स्पार्कलका उपाध्यक्ष सुनिला केसी र कोषाध्यक्ष प्रमिला प्रधानंगले बताए ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई करिब एक महिना लामो प्रशिक्षण दिइने छ । त्यस क्रममा उनीहरूलाई कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रित भएर प्रशिक्षण दिइनेछ । यसका साथै उनीहरूलाई आत्मविश्वास विकास, लिडरसिप, सेल्फ डिफेन्स जस्ता महत्वपूर्ण विषयमा समेत प्रशिक्षण दिइनेछ ।

अश्विनीकान्त झा अफिसियल कोरियोग्राफर रहेको यो प्रतियोगिताको मुख्य जजमा रुवी राणा र प्रियारानी रहेका छन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्यापर प्रदान गरिनुका साथै म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै विजेता कोरियन ब्राडको द सीम नेपालको एम्बेसडर बन्ने छन् । त्यस्तै फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपका विजेताले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ५५ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र